Posts

Showing posts with the label कविता/Poetry

मेरो सपनाको महानगर । कविता

Image
  मेरो सपनाको महानगर –     भानुभक्त बिष्ट यतिखेर , दारीवाल मान्छेको चस्माको चमक हेरेर मुस्कुराइरहेछन् मखमली सपनाहरू ।        स्वर्गको एक झुल्को आँखैमा साँचेर      कलिला केटाकेटीका कोमल कामनाहरू काखैमा राखेर मुस्कुराइरहेछ मन्दमन्द मेरो सपनाको महानगर ।   बिहानै विष्णुमतीको बहाबमा बहकिएर वसन्तपुर / सुन्धारा सुस्ताइरहेका दिनभरि बाग्मतीमा जलविहार गरेर वासस्थान फर्किरहेका पर्यटकहरू , लौरो टेकेर स्वतन्त्र हिँडिरहेका वृद्ध बाआमाहरू , फराकिलो सडकपेटीमा निर्धक्क घर फिरिरहेका स्कुले नानीबाबुहरू अनि , निर्वाध चल्मलाइरहेका चौतारा / चोकहरू देखेर फक्रियोस् शान्त मनको सुन्दर पाखाहरूमा मित्रताको लालुपाते र भातृत्वको लालीगुराँस ।   अचेल , किचकन्नी क्रन्दनले कहालिँदैन काठमाडौं गुप्ताङ्ग छोपेझैँ मुखमण्डल छोपेर स्वच्छ श्वास फेर्न नपाएको झोंकमा बौलाउँदैनन् बेवारिसे बु द्धहरू महानगरको मझेरीमा हुँदैन कुनै चेलीको मोलमोलाइ , झस्कँदैनन् – विदेशी बाकसमा फर्किएका लासहरू , सु...